असार १७, काठमाडौं ।
खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख टोपेन्द्रसुन्दर मल्लसहित चारजना घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय सुर्खेतबाट खटिएको टोलीले प्रमुख टोपेन्द्रसुन्दर मल्लसहित चारजनालाई घुससहित पक्राउ गरेको हो ।
कार्यालयका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल र सव(इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टोलीले निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ल र सव (इन्जिनियर) विरेन्द्र चन्द, , सव(इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाइ नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
उनीहरुले दैलेखको भगवतीमाई गाउँपालिकामा सञ्चालित सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागको जनाईएको छ ।
नियन्त्रणमा लिए पश्चात खानतलासी गर्दा निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ ।


