Banijya News

बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखियो

1
1.1K Shares

बेलायत सरकारले कोरोनाविरुद्ध बनाइएको सम्भावित खोप प्रभावकारी देखिएको बताएको छ । संसदीय सुनुवाइका क्रममा बेलायती सरकारको समितिले अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको दोस्रो चरणसम्मको नतिजा उत्साहजनक आएको बताएको छ ।


अक्सफोर्डका भ्याक्सोलजी प्राध्यापकले सारा गिलबर्टका अनुसार अब खोप तेस्रो चरणको परीक्षण क्रममा रहेको र त्यो खोप लगाउन ८ हजार स्वयंसेवकले नाम दर्ता गराइसकेका छन् । तर उनले यो खोप कहिलेसम्म आम प्रयोगका लागि तयार हुन्छ भन्ने खुलाइनन्, किनकी यो परीक्षणबाट आउने नतिजामा भर पर्छ । हालसम्मको परीक्ष्णाको नतिजा सकारात्मक देखिएको बीबीसीले लेखेको छ ।

1

Scroll to Top