१८ असार । कोरोना संक्रमितबाट डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनको शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण हुने सक्ने आशंकामा पीसिआर नमुना संकलन गरिएको छ ।


