१९ असार, काठमाडौं ।
छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ । भारतमा एकैदिन झण्डै २२ हजार संक्रमित फेला परेको पुष्टि भएको छ । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ भने बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । भारतमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।
भारतमा हालसम्म १८ हजार २१३ जनाको मृत्यु भएको छ । त्यस्तै ३ लाख ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।


