Banijya News

नेकपाका अध्यक्षहरु पाटी एकता घोषणाका साक्षी पौडेल र शर्मा सहित बालुवाटारमा निर्णायकवर्ता गर्दे

1
1.1K Shares

पार्टीभित्रको विवाद चुलिएका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । पाटीलाई समेत नसोधी एकलौटी रुपमा ओली अगाडि बढेपछि दुबै अध्यक्षबीच छलफल भएको हो ।


भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेका स्रोतले जानकारी दिएको छ । दुबैपाटी एक हुँदाका साक्षी रहेका पौडेल र शर्मालाई समेत अगाडि राखेर छलफल भएको हो । सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए । त्यही भएर दुबै अध्यक्षले हस्ताक्षरकर्तालाई अगाडि राखेर छलफल गरेका हुन् । २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो । उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरुप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए । जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ । अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।

बिहीबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए ।

1

Scroll to Top