गोरखामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । कोभिड-१९ को संक्रमणबाट गोरखा पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरूषको मृत्यु भएको हो । गोरखा अस्पतालका अनुसार उपचाररत ती पुरुषको शनिबार साँढे पाँचबजे मृत्यु भएको हो । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।


