Banijya News

भारतमा शुक्रबार मात्रै २२ हजार ७२१ नयाँ संक्रमित

1
1.1K Shares

काठमाडौं, २० असार । एशियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा चौथो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसको संक्रमितहरू भारतमै फेला परेका छन् ।


भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । भारतको शुक्रबार मात्रै २२ हजार ७२१ नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो । योसँगै अहिले भारतमा कारोनभाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको वर्डाेमिटर्सले जनाएको छ । कोरोनबाट मृत्यु हुनेको संख्या भने १८ हजार ६६९ पुगेको छ । जसमध्ये ४४४ जनाको भने शुक्रबार मात्रै मृत्यु भएको वर्डाेमिटर्सले जनाएको छ ।

भातरमा हालसम्म २ लाख ३६ हजार ९२२ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी ३ लाख ९४ हजार ३३१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

1

Scroll to Top