बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज सुरुङ परीक्षणका लागि काठमाडौं पठाइएको छ । आइतबार बिहानदेखि सुरुङमार्गको परीक्षणका लागि पानी पठाउन सुरु गरिएको र अस्थायी संरचनाबाट मेलम्ची खोलाको पानी डाइभर्ट गरेर सुरुङमार्गतिर पठाउन सुरु गरिएको हो।
आजबाट छाडिएको पानी काठमाडौंमा ७ साउनमा आउने बताइएको छ । टनेलभित्र रहेका हावा निस्कन समय लाग्ने र थोरैको दरले पानी छाडिएकाले काठमाडौंमा पानी आउन समय लाग्ने भएको हो ।
मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ । २०५६ बाट सुरु भएको आयोजना हालसम्म पनि पुरा हुन सकेको छैन।
लकडाउनमा अरु आयोजनाको काम रोकिएको भए पनि मेलम्ची खानेपानी आयोजनामा रोकिएको थिएन। करिब डेढ सय जना प्राविधिक र कामदार साइटमा रहेर निरन्तर काम गरिरहेका थिए।
उक्त कुराको औपचारिक रुपमा मेलम्ची खानेपानी आयोजनाले पत्रकार सम्मेलनमार्फत आज ३ बजे जानकारी दिदैछ ।


