Banijya News

ढलमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन- स्वास्थ्य मन्त्रालय

1
1.1K Shares

असार २१, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको ढलमा भेटिएको कोरोना भाइरस समुदायमा संक्रमण फैलिएको भन्न नमिल्ने बताएको छ । आइतबारको अपडेटमा प्रवक्ता डा.जागेश्वर गौतमले ढलमा भाइरस देखिएकै भरमा समुदायमा संक्रमण भएर जटिल अवस्थामा पुग्यो भन्न नमिल्ने बताएका हुन् ।


ढलमा भेटिएको कोरोना भाइरस सम्बन्धी आएको रिपोर्टमा मन्त्रालयको ध्यानकर्षण भएका उनको भनाई रहेको छ । स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा ढलको पानीमा कोरोना भाइरस भएको वा नभएको बारेमा अनुसन्धान गर्ने प्रवक्ता डा. गौतमले बताए ।


एक संस्थाले गरेको अध्ययनमा काठमाडौंको ढलमा कोरोना भाइरसको जीवाणु भेटिएको थियो । मन्त्रालयका प्रवक्ता डा. गौतमले ढलको पानीमा कोरोना भाइरस पहिचान भए पनि यसबाट कोरोना संक्रमण नहुने बताए ।

1

Scroll to Top