गण्डकीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १०९६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा २ महिलासहित लमजुङको राइनास, गोरखाको गोरखा नगरपालिका र बागलुङमा कोरोना पुष्टि हुने अघि नै मृत्यु भएका पुरुष रहेको निर्देशनालयले जनाएको छ ।


