Banijya News

गण्डकीमा थप १३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ११ सय २९ पुग्यो

1
1.1K Shares

असार २४,काठमाडौं ।
बुधबार गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १३ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा अन्नपूर्ण गाउँपालिका ठेगाना भएका एक जना, कुवेतबाट आएका २ जना, साउदी अरबबाट आएका ४ जना, युएई बाट आएका एक जना र भारतबाट २ जना गरि १० जना रहेका छन् ।
यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय २९ पुगेको छ । प्रदेशभर हालसम्म ३१६ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

1

Scroll to Top