काठमाडौं। विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्याल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै विदेशी च्यालन बन्द गर्ने निर्णय गरेको हो ।
भारतले कब्जा गरेको भूमि (कालापानी,लिपुलेक र लिम्पियाधुरा) समेटेर नेपालले नक्सा जारी गरेपछि यहाँको सरकार र नेताहरूविरुद्ध लगातार अनर्गल प्रचारवाजीमा उत्रिएका भारतीय न्यूज च्यानलहरू बन्द गरिएको छ।
नेपालस्थित विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि भारतीय सरकारी च्यानल दूरदर्शनबाहेक त्यहाँका सबै न्यूज च्यानलको प्रशारण रोकेको हो।
नेपाल र नेपाली नेताहरूकाविरुद्धमा भ्रामक र झुठा समाचारहरू फैलाएकाले नेपालमा भारतीय न्यूज च्यानलहरूको प्रशारण रोकिएको एमएसओले जनाएको छ।


