नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले थप ७० जनामा कोरोना पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । संक्रमितको संख्या ८ हजार २३९ रहेको छ । नेपालमा पछिल्ले २४ घण्टामा ४३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ८ हजार ४४२ पुगेको छ ।
मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । तर कहीँ पनि दोहोरो अंकमा छैनन् । सबैभन्दा धेरै सिन्धुपाल्चोक र दाङमा ५/५ जना संक्रमित थपिएका छन् । यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
यस्तै सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२ जना संक्रमित थपिएका छन् ।


