काठमाडौं । मृगौलाको अवैध कारोबार गरेको आरोपमा तीनजना डाक्टर सहित चार जना पक्राउ परेका छन् । मानव बेचबिखन नियन्त्रण ब्युरोले चितवन मेडिकल कलेजका तीन जना डाक्टरलाई पक्राउ गरेको हो । स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रबास शेस्ठ र बाल्कृष्ण कालाखेती रहेका छन् ।
उनीहरुलाई नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपन गरेको आरोप छ । यस्को लागि कागजपत्र बनाउँने काममा सहयोग गरेको भन्दै एक जिल्ला प्रहरी कार्यालयका कर्मचारीपनि नियन्त्रणमा लिइएको हो ।


