Banijya News

संखुवासभामा पहिरो जादा ११ जना बेपत्ता, ७ घर बगायो

1
1.0K Shares

असार २८, काठमाडौं ।

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ।गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।

पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ। पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन्। पहिराका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ।

अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ। घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए। घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ। रासस

1

Scroll to Top