असार २८, काठमाडौं ।
नबिल बैंकले ३६ औँ वार्षिक उत्सवको अवसर पारेर डिजिटल बैंकिङको अवधारणामा ‘डिजी बैंकिङ’ शुरू गरेको छ । वार्षिकोत्सवको अवसरमा अनलाइन मिडिया संवाद गर्दै बैंकले यसबारे जानकारी दिएको हो।
बैंकिङ प्रणालीलाई थप डिजिटल बनाउनको लागि नबिल बैंक भित्रै अर्को डिजी बैंक शुरू गरिएको बैंकलेका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । रुपान्तरणको प्रक्रियामा बैंकले बैंकिङ क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरिरहेको भारतको आईसीआईसीआई बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजिजसँग रणनैतिक साझेदारीमा डिजी बैंक सुरु गरिसकेको हो।
डिजी बैंकमा ग्राहकले चाहेको समय, ठाउँ र सुविधाअनुसार बैंकिङ सेवा उपभोग गर्न पाउनेछन् । बैंकले यसलाई प्रविधिमा आधारित रुपान्तरणको आधार तय भएको जनाएको छ । बैंकले डिजी बैंकको प्रमुखको रूपमा विनय रेग्मीलाई तोकेको छ, भने अहिलेका लागि ७२ जना कर्मचारी छुट्टयाएको छ ।
शाहले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको प्रष्ट पारे । साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे । मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्दत्तिलाई चुनौति दिँदै ग्राहकवर्ग, फिन्टेक लगायत अन्य पक्षसंगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे ।
कार्यक्रममा विषेश अतिथिको रुपमा बोल्दै वावै टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्याक्त गरे वावैले सूचना प्रविधिमा हासिल गरेको उपलब्धिलाई बैंकको रुपान्तरणको प्रकृयामा प्रयोग गरि सहयोगी भूमिका निवार्ह गर्ने वचन व्यक्त गरे ।
सोही कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउँदै त्यसलाई आफ्ना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिइन् र अब ग्राहकवर्गले महसूस गर्ने गरि बैंकिङ सेवाको स्तर निकै बढ्ने आशा व्यक्त गरिन् ।
त्यसै गरि परिचित युवा कलाकार अनमोल केसीले बैंकिङ सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गरे ।
के हो ’डीजी बैंकिङ ?
डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ पद्धतिलाई अगाडि बढाउने सेवा हो । डीजी बैंकिङ अनलाईन खाता खोल्ने, करोवार गर्ने देखि लिएर अन्य सम्पूर्ण बैकिङ प्रणालीको सेवा बैंक बाहिरैबाट गर्न सकिन्छ ।
नविलले बैंकले १० वर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेको थियो । तर त्यसलाई निरन्तरता दिन सकेको थिएन । त्यससमय सुचना प्रणालीको माध्यमका कारणले पनि प्रभावकारी भएको थिएन् । लकडाउन बढदै जाँदा कोरोनालाई समेत मध्य नजर गरेर बैंकले डिजी बैकिङ प्रणाली संचालनमा ल्याएको हो । आज ल्याइएको नयाँ बैंकिङ प्रणाली अन्र्तगत अब नबिलले अहिले गरिरहेको अनलाइन बैंकिङलाई निरन्तरता दिँदै नयाँ बैंकिङ सेवा उपलब्ध गराउने छ । यो प्रणालीबाट अव ’३६ वर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाउने बैंकको विश्वास छ । अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने छ,’ शाहले भने, ’हामीले हिजो पनि डिजिटल बैंकिङ गरेको हो। त्यो काम गर्नै नै छौं । अब हामी डिजिटलको डिएनए बन्न चाहन्छौं ।’
बैंकले नबिल डिजि बैंक ग्राहकवर्गले आफुले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।
कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए, जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी दिए । रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसंग रणनैतिक साझेदारी आरम्भ गरिसकेकोे बताए ।


