नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन् ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ८२ जनामा संक्रण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितका संख्या १६ हजार ८०१ पुगेको छ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९१६ जानको पीसीआर परीक्षण गरिएको जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् ।प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ५८९ पुगेको छ ।


