Banijya News

आन्दोलनको समय नभएकोले सार्वजनिक गाडी चलाउन यतायात ब्यावसायीलाई सरकारको आग्रह

1
1.1K Shares

काठमाण्डौ – सरकारले यातायात व्यवसायीलाई सार्वजनिक गाडी चलाउन आग्रह गरेको छ । आन्दोलनका बेलामा जस्तो विभिन्न माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गर्ने बेला नभएको भन्दै सरकारले गाडि चलाउँन आग्रह गरेको हो । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको चार दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी नचलाएपछि सरकारको यस्तो धारणा आएको हो ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले विभिन्न माग राखेर गाडी चलाउँदैनौ भन्नु व्यवहारिक नहुने बताएका छन् । यातायात व्यवसायीसँगको भेटमा उनले यो आन्दोलनको बेला नभएको हुँदा गाडि चलाउन आग्रह गरेका हुन् ।


सरकारले सबै क्षेत्रका व्यवसायीहरुलाई समान व्यवहार गर्ने भएकाले अरु क्षेत्र खोलिसक्दा यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै सञ्चालन गर्न भन्न नहुने मन्त्री नेम्बाङको भनाई छ ।
व्यवसायीहरुले पुनर्कर्जा कोषमा यातायात व्यवसायीको पहुँच, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारको सहयोग बिना गाडी चलाउन नसकिने बताएका छन् । विभिन्न माग राख्दै यातायात व्यवसायीले हिजो मन्त्री नेम्बाङलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । यातायात व्यवसायीहरुले आफूहरुसँग कुनै छलफल नगरी सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

1

Scroll to Top