मेलम्ची। बाढीपहिरोबाट पीडित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई चौतारा साँगाचोकगढी नगरपालिकाले पाँच लाख रूपैयाँ सहयोग गर्ने भएको छ।
भोटेकोशी गाउँपालिकालाई दुई लाख र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी पाँच लाख रूपैयाँ सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाले निर्णय गरेको हो।
२४ असार रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई राहत मिलोस् भनेर सहयोग गर्ने निर्णय गरिएको मेयर अमानसिंह तामाङले जानकारि दिए।
पहिरोमा परी तीनजनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन्।


