असार ३०, काठमाडौं ।
सगरमाथा इन्स्यारेन्स कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले सीईओमा चंखु क्षेत्रीलाई नियुक्त गरेको हो ।
कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । क्षेत्रीको कार्यकाल असार १८ गतेदेखि लागू भएको हो । उनको अवधि आगामी ४ वर्ष सम्म रहने कम्पनीले जानकारी गराएको छ ।


