Banijya News

बैंकका कर्मचारीले यो वर्ष बोनस नपाउने

1
1.1K Shares

असार ३०, काठमाडौं ।
बैंकका कर्मचारीले साउन १ गते पाउँदै आएको बोनस यो वर्ष नपाउने भएका छन् । विश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरसको काराण बैंकले पैसा उठाउन नसकिरहेकाले साउन १ गते नै कर्मचारीहरुले बोनस नपाउने भएका हुन् ।


यसअघि बैंकले असार मसान्तमा उठेको पैसाका आधारमा मोटामोटी नाफा कायम गरी बोनस हाल्दिन्थे । बाँकी बोनस भने साधारणसभाका दिन खातामा जान्थ्यो। साउन १ मा १५ दिनदेखि दुई महिनासम्मको बोनस बैंक वित्तीय संस्थाहरुले हाल्ने गरेका थिए ।


तर अहिले कोरोना भाइरसका कारण पैसा उठ्छ कि उठ्दैन, कहिले उठ्छ भन्ने यकिन छैन । त्यसैले बोनस बाँड्न गाह्रो भएको बैंकर्स संघले जनाएको छ । नगदमा नआएको र पाकेको ब्याज आम्दानीलाई राष्ट्र बैंकले रेगुलेटरी रिजर्भमा लैजाने ब्यवस्था गरेको छ ।

साथै ऋण तिर्न समय दिए पनि त्यसको जोखिम वहनका लागि निश्चित प्रतिशत नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गराउने तयारी पनि राष्ट्र बैंकले गरेको छ । प्रोभिजनिङ पनि गर्ने अनि ब्याज पनि नआउने भएपछि बैंकका कर्मचारीलाइ बोनस दिन नसकिने भएको बैंकर्सको भनाइ छ ।

1

Scroll to Top