Banijya News

लक्ष्मी बैंकको ५औं एक्स्टेन्सन काउण्टर राजविराजमा सञ्चालन

1
1.1K Shares

असार ३०, काठमाडौं ।
लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ५औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा सञ्चालना गरेको छ ।
ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने उदेश्यले उक्र शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । यो एक्स्टेन्सन काउण्टरसंगै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा पुगेको छ । त्यस्तै बैंकले १ सय २१ शाखा, ५ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट बाट सेवा दिदै आएको छ ।

1

Scroll to Top