श्रावण १, काठमाडौं ।
नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक कम्पनी लिमिटेडको १४ औं वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा श्रावण २३ गते हुने भएको हो ।
सभामा सभाको वैधानिकताबारे छलफल गर्ने, आर्थिक वर्ष २०७४ र ७५ को सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । त्यस्तै आव २०७५/ ७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ । साथै बैंक कर्जा सिमा सम्बन्धमा समेत छलफल गरिनेछ । कम्पनीको चौधौँ वार्षिक साधारण सभा बुटवल स्थित कम्पनीको रजिष्टर्ड कार्यालय, रुपन्देहीमा दिनको १२ बजेबाट हुनेछ ।


