नेपाल कम्युनिष्ट पार्टी भित्रको शक्ति संघर्ष टुंग्याउनका लागि शीर्ष नेताबिच लगातार वर्ता भएपनि निकास निश्किएको छैन ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच वार्ता हुँदै आएकोमा बिहीबार बालुवाटारमा दुई अध्यक्ष र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिब विष्णु पौडेलबिच वार्ता भएको हो । वर्ता भएपनि त्यस्को ठोस निस्कर्ष भने निष्किएको छैन् ।
प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्या समाधान गर्न भनेपछि ओलीले त्यस्लाई ठाडै अस्विकार गरेका थिए । स्रोतका अनुसार ओलीले पाटी अध्यक्ष र प्रधानमन्त्री दुबै नछोडने भएपछि भेट चियापानमा सिमित भएको हो ।
शीर्ष नेता तहमा सहमति जुटाउनका लागि समय दिने भन्दै स्थगित गरिएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । तर अझैसम्म पनि सहमतिको संकेत देखिएको छैन । ओली तथा प्रचण्ड–नेपाल पक्ष आ–आफ्नो अडानमा कायम छन् । ओलीसँगको छलफलका लागि बालुवाटार जानुअघि प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–नेपालसहित झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबिच छलफल भएको थियो । छलफल पछि बालुवाटार पुगेका प्रचण्ड– नेपालले राजिनामा पहिलो बटम लाईन बनाएपछि ओलीले त्यस्लाई ठाडै अस्विकार गरेपछि बैंठक चिया गफमा सिमिति भएको हो ।


