Banijya News

एकीकृत कारोबार पश्चात देवः विकास बैंकका ग्राहकहरुको खाता नम्वर परिवर्तन

1
1.1K Shares

श्रावण १, काठमाडौं ।
कुमारी बैंकसँग एकीकृत कारोबार गरे पश्चात देवः विकास बैंकका ग्राहकहरुको खाता नम्वर परिवर्तन भएको छ । बैंकले बिहीवार एक सूचना जारी गरि ग्राहकहरुको कुमारी बैंक लिमिटेडले प्राप्ती गरे पश्चात खाता नम्वर परिवर्तन भएको जानकारी दिएको हो ।

बैंकले सम्पूर्ण ग्राहकहरुलाई आफ्नो परिवर्तित खाता नम्बरको जानकारी तथा चेकबुक बुझिलिन तथा यथावत कारोबार, एटीएम कार्ड, डिजिटल बैंकिङ सेवा लगाएतका सेवा सुविधा प्रयोग गर्न पायक पर्ने स्थानमा रहेको कुमारी बैंक लिमिटेडको शाखा कार्यालयमा सम्पर्क गर्न समेत सुचनामा उल्लेख गरेको छ । कुमारी बैंक लिमिटेडले र देवः विकास बैंकले असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।

1

Scroll to Top