श्रावण १, काठमाडौं ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परिक्षा दशैंपछि मात्रै खुल्ने भएको छ । कोरोना भाइरसका कारण सिर्जना भएको असहज परिस्थितीले गर्दा तत्काल लाइसेन्सको ट्रायल खोल्न नसकिने यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात कार्यालय यति बेला सवारी दर्ता र नवीकरण लगायतका अरु नै कामले व्यस्त हुँदा पनि ट्रायल खोल्न सक्ने अवस्था नभएको विभागले भनाई रहेको छ । यातायात कार्यालयहरु सीमित संख्यामा हुनु र त्यसमा पनि कर्मचारी पर्याप्त नहुँदा सेवाग्राहीको लामो लाइन लाग्ने गरेको छ ।
लाइसेन्सको प्रक्रिया नियमित हुँदा देशभरिमा दैनिक ६ र ७ हजार जनाले ट्रायल दिने गरेका थिए । तर कोरोना नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनका कारण करिब ४ महिना देखि लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा रोकिएको छ ।


