काठमाडौं – नेपाल क्लियरिङ्ग हाउसलाई वेष्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको छ । एनसीएचएलले आ.व. २०७५÷७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालद्वारा सन्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । एनसीएचएलले हरेक वर्ष पारदर्शि रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तय डिस्क्लोजर तर्पmको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।


