श्रावण २, काठमाडौं ।
सरकारले सञ्चारमाध्यम लाई नवीकरण शुल्क छुट दिने निर्णय गरेको छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमाध्यमको नवीकरण शुल्क छुट दिने निर्णय भएको जानकारी दिएका हुन् ।
कोभिड—१९ का कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले यस्तो निर्णय गरेको उनले बताए । राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।


