Banijya News

नेकपा स्थायी कमिटी बैठक चार घण्टाका लागि स्थगित, दिउँसो ३ बजे बस्ने

1
1.1K Shares

आज ११ बजे बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक दिउसो ३ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा सहभागि हुन अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको  हो 

नेकपामा आनतरिक विवाद यतिबेला उत्कर्षमा पुगेको छ ।  नेकपाको जारी स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । ओली तथा प्रचण्ड–नेपाल पक्ष आ–आफ्नो अडानमा कायम छन् । 

1

Scroll to Top