२ साउन, काठमाडौं ।
चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको मर्जर नीतिलाई प्रोत्साहन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बिग मर्जरलाई प्रोत्साहन गर्ने बताएको हो ।
यदि, २०७८ सम्म मर्जरमा गएर एकिकृत कारोबार गरेमा २०७९ सम्म सुविधा दिइने मौद्रिक नितीमार्फत घोषणा भएको छ। यस्ता संस्था मर्जरमा गए अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुट दिने घोषणा भएको छ। मर्जरका लागि प्रयास नै नगरेको अवस्थामा भने कारबाही हुने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।
गभर्नर अधिकारीले बैंकहरुलाई एक आपसमा गाभिन लगाएर बलियो बनाउने मौद्रिक नीतिको लक्ष्य रहेको बताएका छन् ।


