Banijya News

नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम साउन ४ गते सार्वजनिक गर्ने

1
1.1K Shares

श्रावण २, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम साउन ४ गते सार्वजनिक गर्ने भएको छ । बोर्डले चालू आर्थिक वर्ष २०७७ र ७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम आगामी साउन ४ गते सार्वजनिक गर्ने तयारी हो ।

बोर्डले प्रत्येक वर्ष धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । बोर्डले आइतवार दिउँसो ३ बजे वेविनारमार्फत् सार्वजनिकरण गर्ने भएको हो । धितोपत्र बोर्डले चालु आर्थिक वर्षभित्रमा गर्ने कार्यक्रम तथा योजनाको प्रस्तुत गर्ने छ । बोर्डले एक सूचना जारी गर्दै नीति तथा कार्यक्रम वेबिनार तथा बोर्डको आधिकारीक फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रशारण गर्ने बताएको छ ।

1

Scroll to Top