श्रावण ४, काठमाडौं ।
ईलाका प्रहरी कार्यालय ईटहरीले हराएका र चोरी भएका २० थान मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । प्रहरीले असार र साउन महिनाको अबधिमा ५ लाख ९४ हजार २४० रुपैयाँ बराबरका उक्त मोबाइल सेट फेला पारेको हो ।
आफ्ना मोबाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा उक्त मोबाइल सेट फेला पारी आईतबार सम्बन्धीत धनीहरुलाई बुझाएको इटहरी प्रहरी कार्यलय ईटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ७२ लाख रुपैयाँ बराबरको २९६ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । २०७६ वैशाखमा इलाका प्रहरी कार्यलय ईटहरीमा सिडीआर शाखा स्थापना गरेर हराएका तथा चोरी भएका मोबाइल खोजी गर्न थालिएको थियो ।


