Banijya News

प्रभु बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी पेश गर्ने आज अन्तिम दिन

1
1.0K Shares

श्रावण ५, काठमाडौं ।
प्रभु बैंकले ल्याएको संस्थापक शेयर लिलामीमा गोप्य शिलबन्दी पेश गर्ने साउन ५ गते आज अन्तिम दिन रहेको छ । बैंकले असार २१ गतेदेखि संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

बैंकले २८ लाख १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेको हो । यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १२२ तोकिएको छ । सबैभन्दा बढी दररेटमा खरीद माग गर्ने आवेदकलाई शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ । प्राप्त आवेदन साउन ६ गते मुक्तिनाथ क्यापिटलको कार्यालय, कमलादी, काठमाडौंमा खोलिने कम्पनीले बताएको छ ।

1

Scroll to Top