Banijya News

कोरोनाले आक्रान्त बनेको चितबनमा देखियो अर्को खतरनाक रोग, एकको मृत्यु

1
1.0K Shares

श्रावण ६, काठमाडौं ।
कोरोनाले जनजिवन आक्रान्त बनेको समय चितबनमा अर्को कोरोनासँग मिल्ने रोग देखापरेको छ । उक्त रोगबाट एकको ममेत मृत्यु भएको समाचार बाहिर आएको छ । स्क्रप टाइफस नाम गरेको उक्त रोगले मंगलबार एक पुरुषको ज्यान लिएको हो । भरतपुर महानगरपालिका १, ठिमुराका ३२ वर्षीय पुरुषको मंगलबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको हो ।

ज्वरो सँगै श्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिए पछि जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका ती विरामीको खर्चको अभाव भएपछि असार २९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकका अनुसार मुसामा टाँसिने किर्ना जस्तो देखिने माइटस नामक जीवाणुबाट स्क्रब टाइफस रोग सर्ने गर्दछ । यो रोग लागेमा कोरोना संक्रमण भए जस्तो १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो बिबिरा आउने, शरीरका अंगहरु दुख्ने हुन्छ ।

1

Scroll to Top