Banijya News

हिमालयन बैंकको १ लाख ४३ हजार सहयोगमा कान्ति बाल अस्पतालका सामाग्री मर्मत

1
1.0K Shares

श्रावण ६, काठमाडौं ।
हिमालयन बैंकको १ लाख ४३ हजार सहयोगमा कान्ति बाल अस्पतालका सामाग्री मर्मत गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तदरायित्वअन्तर्गत उक्त रकमले अस्पतालका सामाग्री मर्मत गरेको हो ।

बैंकको महाराजगन्ज शाखा मार्फत अस्पताल आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यूएफ फिल्ट्रेसनको मर्मत गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।

बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका तथा अस्पतालका अन्य कर्मचारीहरु पनि उपस्थिति रहेका थिए ।

1

Scroll to Top