Banijya News

पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि , ६ सय ९ जना डिस्चार्ज

1
1.1K Shares

श्रावण ६, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएसंगै हालसम्म संक्रमित हुनेको संख्या १७ हजार नौ सय ९४ पुगेको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ६३ जनाको नमूना पिसिआर विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आज ६ सय ९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । गौतमले निको हुने प्रतिशत ६९ दशमलव ३४ पुगेको बताए ।

1

Scroll to Top