श्रावण ७ , काठमाडौं ।
नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार सुनको मुल्य तोलमा १३ सयले वृद्धि भएको हो ।
बुधबार १३ सय रुपैँयाले बढेर ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । त्यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला रू.९३ हजार ५६० मा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुन ९२ हजार ७ सयमा कारोबार भएको थियो । तेजाबी सुन ९२ हजार २ सय ६० मा कारोबार भएको थियो। त्यसैगरी, चाँदी तोलामा १ हजार १ सय ३५ मा कारोबार भइरहेको छ । हिजो तोलामा १ हजार ४० भएको थियो । सुनको भाउ अन्तराष्ट्रिय बजारमा उच्च रुपले बढेका कारण त्यसको असर नेपाली बजरमा पनि परेको व्यवसायीहरुले बताएका छन् ।


