नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन फेरी सर्ने प्रयास गरिएको छ । २८ र २९ चैत मा हुनु पर्ने निर्वाचन २ पटक सारेर २६ र २७ साउनमा तोकिएको छ । निर्धारित समयमा पनि निर्वाचन गर्न समस्या देखेपछि महासंघले बिहीबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको छ । उत्त बैंठकले चुनाबको बारेमा निर्णय गर्ने एक पदाधिकारीले बताए ।
सरकारले ७ साउनबाट लकडाउन खुला गरे पनि सभा, सेमिनार, भोजभतेरमा बन्द यथावत छ । बन्द रहेको समय जिल्ला प्रशासनले चुनाबमा रोक लगाउने सम्भाबना पनि उत्तिकै छ । यस्तै रोक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईपानको निर्वाचनमा पनि भएको थियो । फेरीपनी यस्तै रोक प्रशासनले लगाउला भनेर चुनाब सार्ने तयरी महासंघका केही पदाधिकारीले गरेका छन् । चुनाबी सगर्मि बढ्दै जाँदा महासंघले साधरण सभा गर्नको लागि सरकारसँग स्वीकृतसमेत मागेको अवस्थामा हालसम्म पनि स्वीकृत दिएको छैन । यस्ले पनि चुनाब सार्नुको अर्को विकल्प नभएको सस्थापन पक्षको ठहर छ ।
हामी तोकिएकै समयमा निर्वाचन गर्ने तयारी हो, तर सरकारबाट स्वीकृत त चाहिँयो नै महासंघ अध्यक्ष भवानी राणाले भनेकिछिन् । उनले आफू जतिसक्दो चाँडो नयाँ नेतृत्वलाई पदहस्तान्तरण आतुर भएपनि समय र हाम्रो स्वास्थ्य साथ नदिएको बताईन । उनले भनिन्– ‘साउन २६ र २७ को नै तयारी भएपनि पदाधिकारी र पूर्व अध्यहरूसँग छलफल गरेर मात्रै के गर्ने भन्ने निश्कर्ष निस्कन्छ ।’
महासंघको विधानअनुसार आगामी अध्यक्ष शेखर गोल्छाले यो समयमा निर्वाचनमा होमिन समस्या भएको औँल्याएका छन् । बरिष्ट उपाध्यक्ष शेखर गोल्छाले आफू अध्यक्षको हुने भन्दा पनि अन्य सदस्यको चिन्ताले आफूलाई सताएको बताएका छन् । उनले लकडाउन खुुलेपनि लकडाउन खुल्दै गर्दा देशैभरीका १ हजार व्यवसायीलाई एकै स्थानमा जम्मा गर्दा के हुन्छ त्या बारे छलफल भएर निर्वाचनको बारेमा निर्णय लिने बताए ।
२८ चैतमा नै हुनुपर्ने निर्वाचन कोरोना र बन्दाबन्दीको नाममा ढिला गरेको आरोप १ पक्षबाट आएपछि महासंघको बैठकले पहिलोपटक ७ र ८ जेठ र दोस्रो पटक २६ र २७ साउनलाई निर्वाचनको मिति तोकेको थियो ।


