Banijya News

सुनको मुल्यमा आज सम्मकै नयाँ रेर्कड, तोलामा ९४ हजार ५०० पुग्यो

1
1.0K Shares

श्रावण ८, काठमाडौं ।
नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड बनाउदै आएको सुनको मुल्यले आज बिहीबार अर्काे नयाँ रेकर्ड तोडेको छ । बुधबार एकै दिन १३ सयले बढेको सुनको मुल्या आज फेरि तोलामा ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

बिहिबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै तेजावी सुनको मुल्य रु.९४ हजार ६५ तोकिएको छ । यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

1

Scroll to Top