श्रावण ८, काठमाडमौं ।
नेपाल एसबिआई बैंकले विभिन्न आर्थिक वर्षमा वितरण गरेको लाभांश एक महिना भित्र संकलन गर्न अनुरोध गरेको छ ।
आर्थिक वर्ष २०७० र ७१ को वार्षिक साधारणसभा र सोभन्दा अघिका वर्षहरुमा वितरण गरिएको लाभांश रकम संकलन नगरेको तथा केहीले संकलन गरेर पनि सटही नगरेको भन्दै बंकैले लाभांश रकम संकलन गर्न अनुरोध गरेको हो ।
त्यस्तै एफपीओ तथा हकप्रद शेयरमा आवश्यकताभन्दा धेरै आवेदन गरी फिर्ता भएको रकम तथा अन्य लाभांश संकलन नगर्ने शेयरधनीको नाम बैंकको वेबसाइटमा रहेको बैकले बताएको छ । उपत्यका भित्र रहेको शेयरधनीले लाभांश संकलन रकम एसबिआई कयापिटल हात्तीसार काठमाडौंबाट र उपत्यका बाहिरका शेयरधनीले नेपाल एसबिआई बैंकको शाखा कार्यालयहरुमा संकलन गर्न सक्नेछन् ।


