Banijya News

तीन लघुवित्तका २५ लाख १८ हजार बढी कित्ता बोनस सेयर सूचीकृत

1
1.0K Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन लघुवित्त संस्थाका बोनस सेयरहरु सूचीकृत भएका छन् । विहीबार सूचकृत हुने सस्थामा डिप्रोक्स, स्पर्श र समता लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यि सस्थाको २५ लाख १८ हजार बढी कित्ता बोनस सेयर सूचीकृत भएका हुन् ।

डिप्रोक्सको २३ लाख २० हजार २३१.३२ कित्ता, स्पर्शको १ लाख ७ हजार ८५१.९० कित्ता र समताको ९१ हजार ८ कित्ता बोनस सेयरहरु सूचीकृत भएका छन् । तीनै सस्थाले गत आर्थिक बर्ष २०७५७६ का लागि बोनस सेयर दिएका थिए । डिप्रोक्सले ३० प्रतिशत, स्पर्शले १३ प्रतिशत र समताले ५ प्रतिशत बोनस सेयर वितरण गरेको नेप्सेले जनाएको छ ।

1

Scroll to Top