Banijya News

मानसिक तनावले गर्दा आत्महत्या गर्नेको संख्यामा उल्लेख्य बृद्दी

1
1.0K Shares

मानसिक तनावले गर्दा आत्महत्या गर्नेको संख्यामा उल्लेख्य बृद्दी भएको एक तथ्याङ्कले देखाएको छ । लकडाउन शुरु भएदेखि हालसम्म नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् ।  आत्महत्या, आत्महत्या दुरुत्साहन, अभद्र व्यवहारलगायतका घटना लकडाउन अवधिमा भएको पाइएको छ ।

आत्महत्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ रहेका छन् । त्यसमा पनि, सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गरेको पाइएकोे छ।

झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नुको मुख्य कारण घरेलु हिंसा, मानसिक तनाव, नैराश्यता, बैदेशिक रोजगारी, कामको दोहोरो तेहरो भूमिका प्रेममा असफलता, मादक पदार्थ तथा लागु औषध सेवन, व्यवसायिक असफलता, उदासिनता जस्ता कारणले मानिसले अन्तिम विकल्पका रुपमा मृत्युलाई लिने गरेको पाइन्छ ।

यस्ता सामाजिक आपराधिक घटना न्यूनीकरण गर्नका निम्ति  प्रहरीले जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आत्महत्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

1

Scroll to Top