श्रावण ११, काठमाडौं ।
विराटनगरमा एकैदिन २० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी कार्यलय विराटनगरमा कार्यरत प्रहरी अधिकृतका बडीगार्ड सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।
गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । विराटनगर र धरानमा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको बताए पनि संख्या खुलाउन चाहेनन् । कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ ।


