श्रावण १२, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले ३२ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले कञ्चनपुरको महेन्द्रनगर स्थित मालपोत कार्यलयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।
महेन्द्रनगर मलपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदुुरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बिच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हुन् ।
घरजग्गा सम्बन्धी कारोबार तथा राजश्व संकलन कार्य सहज तथा व्यावस्थित होस भन्ने उद्देश्यले उक्त एक्सटेन्सन काउन्टर विस्तार गरिएको बैंकले जनाएको छ ।
विभिन्न सरकारी कार्यलयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरुप बैंकले यसअघि विभिन्न ठाउँमा एक्सटेन्सन काउन्टर विस्तार गरि ग्राहकको विश्वास जित्दै आएको छ । बैंकले हाल देशभर २०६ वटा शाखा र १४२ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।


