श्रावण १२, काठमाडौं ।
नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलामी खुल्ला भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषले साउन १२ गते देखि संस्थापक शेयर खुल्ला गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता रू. १ हजार ८ सय मा नघट्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि न्यूनतम १ सय कित्ता रहेको छ । भने अधिकत वा सोभन्दा माथि १० ले भाग जाने गरि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
श्रावण १२ देखि खुल्ला गरिएको शेयर खरिदका लागि श्रावण १९ सम्म आवेदन दिनुपर्ने छ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड हात्तिसार, काठमाडौं र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।
साथै नेपाल एसबिआई बैंक लिमिटेडको शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।


