श्रावण १२, काठमाडौं ।
माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयकोष बीच सम्झौता भएको छ । कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपीएसमार्फत भुक्तान गर्न सकिने गरि सम्झौता भएको हो ।
सोमबार सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका नायब महाप्रबन्धक श्री विश्वम्भर न्यौपाने र कर्मचारी सञ्चय कोषका चिफ म्यानेजर अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता पछि बैंकको उद्देश्य अनुसार कर्मचारी सञ्चयकोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याज सहितको किस्ता रकम विद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्ने छन् ।
अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चयकोषका ऋणीहरूले कनेक्ट आइपीएस अनलाइन पोर्टलमा लगइन गरि गभर्मेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।


