Banijya News

निरन्तर घाटामा गएपछि श्रीराम सुगर मिल्स बन्द, किसानको ३२ करोड तिर्न बाँकी

1
1.0K Shares

श्रावण १२, काठमाडौं ।
निरन्तर घाटामा गएपछि रौतहटको श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द भएको छ । विगत लामो समयदेखि कम्पनी घाटामा सञ्चालन हुँदै आएकाले साउन ११ गते देखि बन्द भएको कम्पनीले एक सूचना जारी गर्दै जनाएको हो ।

विविध कारणले किसानको उखुको रकमसमेत भुक्तानी गर्न नसकेको भन्दै मिलले वार्षिक करोडौं रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । वि.स. २०४९ सालमा स्थापना भएको श्रीराम सुगर मिल्स रौतहट जिल्लाकै पहिलो चिनी मिल हो । उद्योग स्थापना भएको केही वर्षसम्म नाफा आर्जन भएपनि पछिल्लो समयमा किसानलाई भुक्तानी गर्न नसक्ने अवस्था भएपछि कम्पनी बन्द गरिएको उद्योगले जनाएको छ ।

उद्योगले २०७१ सालदेखि उद्योगले किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उँखु उत्पादक सँघले जनाएको छ । यसै गरी अवकाश प्राप्त कर्मचारीहरुको ७० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ । उद्योग बन्द भएपछि सम्बन्धित निकायबाट आवस्यक अनुमति प्राप्त हुनासाथ उद्योगमा कार्यरत श्रमिक, कर्मचारीको तलब भत्ता र अन्य सुविधा भुक्तानी गरिने भएको छ ।

यसका अलावा उद्योग व्यवस्थापकसँग आर्थिक अभाव भएका कारणले उद्योगको नाममा रहेको चल–अचल सम्पत्ति विक्री गरी भुक्तानी गरिने छ । आर्थिक वर्ष ०७५-७६ सम्ममा कुल घाटा २ अर्व १७ करोड ७५ लाख ५८ हजार ३७६ रुपैयाँ पुगेको श्रीराम सुगर मिल्सले जनाएको छ । उद्योगले आर्थिक बर्ष ०७६-०७७ मा मिलले १३ दिन मात्रै उखु क्रसिंङ्ग गरेको थियो ।

1

Scroll to Top