Banijya News

सहमति नजुटेपछि नेकपा स्थायी कमिटि बैठक फेरी स्थगित

1
1.0K Shares

श्रावण १३, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक सहमति नजुटेपछि फेरि स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक केहीबेरअघि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

बैठक स्थगित भएको सूचना स्थायी कमिटि सदस्यहरुलाई पठाइएको हो । केही नेताहरु बालुवाटार जाँदै गर्दा बैठक स्थगित भएको सूचना आएपछि अलमलमा परेका थिए । पार्टीका दुई अध्यक्षबिच आवश्यक परामर्श र गृहकार्यका लागि बैठक स्थगित गरिएको थापाले बताए ।

असार १० गतेबाट सुरु भएको बैठक साउन ६ गते आठौंपटक स्थगित गर्दै १३ साउनसम्म सारिएको थियो । यो बीचमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति खोज्ने भनिए पनि प्रयास सफल हुन सकेको थिएन ।

ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सचिवलायको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले मंगलबारका लागि तय भएको स्थायी कमिटि बैठक स्थगित भएको हो ।

1

Scroll to Top