काठमाडौंः विराटनगर अस्पतालमा कार्यरत थप दुईजना चिकित्सकसहित प्रदेश १ मा मङ्गलबार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा विराटनगरमा मात्र १६ जनामा सङ्क्रमण देखिएको हो ।
विराटनगरमा मङ्गलबार देखिएको १६ जना सङ्क्रमितमध्ये एक जना विशेषज्ञ चिकित्सक हुन् । विराट नर्सिङ होमका सञ्चालक समेत रहेका चिकित्सक डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोरोना पोजेटिभ देखिएपछि गरिएको कर्मचारीहरुको स्वाब सङ्लकनमा अन्यलाई समेत केरोना देखिएको हो ।
रिपोर्टअनुसार विराट नर्सिङ होमको रेडियोलोजी विभागका एकजना चिकित्सक र अर्का विराट मेडिकल कलेजका विशेषज्ञ चिकित्सक रहेको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।


