साउन १४, २०७७ काठमाडौ
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा १ सय ७६ कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना प्रकाशित गदै सप्तरी, सर्लाही र कास्कीमा कर्मचारी नियुक्त गर्न सूचना निकालेको हो ।
१२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन् । त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने छ ।


